Successfully Copied

चर्चा डिजाइनर स्लिब्सको

प्रिन्टेड सुट र साडीको चलन बढ्दो छ, त्यसमा पनि ब्राइट कलर लोकप्रिय छ तर स्टाइलिङको मामिलामा यी पहिरनमा डिजाइनर

प्रिन्टेड सुट र साडीको चलन बढ्दो छ, त्यसमा पनि ब्राइट कलर लोकप्रिय छ तर स्टाइलिङको मामिलामा यी पहिरनमा डिजाइनर स्लिब्सको क्रेज अझ बढेको पाइन्छ।

डिजाइनर नेट : साडी वा सुट अत्यन्त सिम्पल छ भने त्यसमा डिजाइनर नेट दिँदा पहिरनको लुकमा परिवर्तन आउँछ। डिजाइनर नेटमा पनि धेरै प्रकार एवं प्याटर्न उपलब्ध छन्।

फुल स्लिब्स : आजभोलि फुल स्लिब्स पनि प्रचलित छन्। यिनमा अनेकौं प्याटर्न देख्न पाइन्छ  जसमध्ये आफ्नो साडी र सुटअनुसार डिजाइनर नेट, ब्रासो, नेक एण्ड लङ ट्रान्सपरेन्ट स्लिब्स, प्लेन फुल स्लिब्स, क्वाटर स्लिब्स, पफ स्लिब्स आदि बनाउन सकिन्छ।

ब्रासो : सुट र ब्लाउजमा ब्रासोको स्लिब्स लगाए पार्टी लुकका साथमा हट लुक पनि प्राप्त हुन्छ। यसका पनि विविध प्रकार छन् जसमा डट प्रिन्ट र फ्लावर प्रिन्ट बढी रुचाइएको पाइन्छ।

नेक एण्ड लङ ट्रान्सपरेन्ट स्लिब्स : बोल्ड देखिने चाहना छ भने नेक र स्लिब्समा ट्रान्सपरेन्ट फेबि्रक प्रयोग गर्नुपर्छ। यसमा प्लेन नेट र सिफनजस्ता फेबि्रक उपयुक्त हुन्छ। ब्राइट कलर र ट्रान्सपरेन्ट फेबि्रकले पनि मोडर्न लुक प्रदान गर्छ। यसका माध्यमबाट रेट्रो र बोल्ड लुक अपनाउन सकिन्छ।

प्रिन्टेड स्लिब्स : सुट वा साडीका लागि प्रिन्टअनुसार सिल्क वा सिफनमा प्रिन्टेड स्लिब्स प्रयोग गर्न सकिन्छ। यो पनि धेरै राम्रो लुक प्रदान गर्ने खालको हुन्छ। साडी वा सुटमा लाइन भएको डिजाइन छ भने फ्लाबर प्रिन्टको स्लिब्सले आकर्षक देखाउँछ।

पफ स्लिब्स : पफ स्लिब्सले पनि ब्लाउजमा एक प्रकारको फरक लुक प्रदान गर्छ। मोटो पाखुरा हुनेहरूले भने यो स्लिब्स लगाउनु हुँदैन।

प्लेन फुल स्लिब्स : प्लेन फुल स्लिब्स मात्र लगाउने हो भने प्लेन नेट लगाउन सकिन्छ। यसका साथ सुट वा साडी म्याच गर्ने हो भने पाइपिङ वा बोर्डर लगाउनुपर्छ। भेल्भेटको ब्लाउजलाई पनि फुल स्लिब्स बनाउन सकिन्छ।

क्वाटर स्लिब्स : आजभोलि कुर्ता, सुट र साडीमा क्वाटर स्लिब्स खुबै प्रचलित छ। क्वाटर स्लिब्सले फरक लुक प्रदान गर्छ। फुल स्लिब्स नरुचाउनेहरूले क्वाटर स्लिब्स प्रयोग गर्न सक्छन्। क्वाटर स्लिब्समा पनि डिजाइनर नेट, लाइक्रा, प्लेन नेट, प्रिन्टेड फेबि्रक उपयुक्त हुन्छन्।

कढाइदार स्लिब्स : नेटको स्लिब्स होस् वा सिफनको त्यसमा हेभी लुक दिने हो भने कढाइ गराउनुपर्छ। फुल स्लिब्समा अगाडितर्फ, हाफ स्लिब्समा सुट र साडीसित म्याच गर्ने कलरफुल कढाइ गराउन सकिन्छ वा प्याच प्रयोग गर्न सकिन्छ। प्याचका अनेकौं प्रकार उपलब्ध छन्।

केही अन्य स्लिभ

एन्जेल स्लिभ : यो लामो, चौडाइ ठूलो भएको स्लिभ हो, जुन प्राय: काँधबाट लुज तरिकाले झुन्डिएजस्तो देखिन्छ।

ब्याटबिङ स्लिभ : यो लामो स्लिभ हो जसमा डिप आर्म होल हुन्छ र नाडीतर्फ टेपरिङ भएको हुन्छ।

बिसव स्लिभ : यो लङ स्लिभ हो जुन माथितिर भन्दा तलतिर फुकेको हुन्छ र कफतिर ग्यादर हुन्छ।

क्याप स्लिभ : यो अत्यन्त छोटो खालको स्लिभ हो, जुन काँधतिर सीमित रहन्छ र यसको लम्बाइ काखीभन्दा तल हुँदैन।

जुलियट स्लिभ : यो लङ टाइट स्लिभ हो जसको माथिपट्ट िपफ हुन्छ।

किमोनो स्लिभ : यो झन्डै-झन्डै चिनियाँ रोब्सजस्तै हुन्छ।

डिजाइनर स्लिभमा लेग अफ मटन, पेटल स्लिभ, फिजन्ट स्लिभ, बेल स्लिभ, प्याग्लन स्लिभ, डोल्मन स्लिभ, ल्यान्टर्न स्लिभ, बटरफ्लाई स्लिभ, ह्याङगिङ स्लिभ, पगोडा स्लिभ, प्यान्ड स्लिभ, पोएट स्लिभ, टु-पिस स्लिभ, वन फोर्थ, टुलिप आदि पनि प्रयोगमा छन्।

 Image