Successfully Copied

कला : कलाकार शशिकलाको मीरा

कला क्षेत्रमै समर्पित रहेर जीवनयापन गरिरहेकी वरिष्ठ कलाकार शशिकला तिवारीले सिर्जना गरेकी मीरा सिरिजकोे एउटा चित्र हो-यो।

कला क्षेत्रमै समर्पित रहेर जीवनयापन गरिरहेकी वरिष्ठ कलाकार शशिकला तिवारीले सिर्जना गरेकी मीरा सिरिजकोे एउटा चित्र हो-यो। कृष्णको प्रेममा लठ्ठिएकी मीरा प्रेमका लागि घरबारसमेत त्यागेर भक्तिनीका रूपमा परिचित भइन्, तिनै मीराको कृष्णप्रति रहेको भक्ति एवं प्रेम प्रदर्शित गर्ने यो चित्रमा नाचिरहेको मयूरलाई कृष्णको प्रतीकका रूपमा लिइएको छ। कलाकार तिवारीले एउटी युवती कसैप्रति कति हदसम्म समर्पित हुन्छिन् भन्ने कुरा यो कलामार्फत प्रस्तुत गरेकी छिन्। हरियो, नीलो, सुन्तला आदि रंग प्रयोग गरिएको यो चित्र खुसीमा नाचिएको पलले सजिएको छ।

क्यासेट : स्मिता घिमिरेको स्मी

विराटनगरमा जन्मिएकी स्मितामा सानैदेखि हरेक गायक-गायिकाका गीत हुबहु गाउन सक्ने खुबी थियो। सबैले राम्री गायिकामा हुने खुबी भएको भनेर प्रशंसा गरे पनि उनी विवाहपछि मात्र संगीतमा लागिन्। पूर्व प्रधानमन्त्री स्व. मातृकाप्रसाद कोइरालाकी नातिनी स्मिताले दीपक जंगम तथा स्व. गुरु नरनाथ ढकालसँग संगीत सिकेकी हुन्। स्मी एल्बममा उनलाई गायक, संगीतकार तथा गीतकार कमलमान सिंहले साथ दिएका छन्। १२ वटा गीत समाविष्ट एल्बमका २ वटा गीतमा कमलमान सिंहको पनि स्वर सुन्न सकिन्छ। एल्बममा पप, सुमधुर, लोकबेस तथा अरबियन फ्लेबरका गीत समावेश छन्। अनिल स्थापितले कभर डिजाइन गरेको स्मी एल्बमबाट आएको सम्पूर्ण पैसा अपाङ्ग पुनःस्थापना केन्द्रलाई प्रदान गरिने गायिका घिमिरेले बताएकी छिन्।

चलचित्र : नाइँ नभन्नू ल-२

निर्देशक विकास आचार्यको नाइँ नभन्नू ल-२ बालप्रेममा आधारित छ। यो चलचित्रको शीर्ष भूमिकामा अनुभव रेग्मी र सुज्ञानी भट्टराई छन्। यसअघि युवाप्रेम र राष्ट्रप्रेमका विषयमा चलचित्र निर्देशन गर्दै आएका निर्देशक आचार्यले नाइँ नभन्नू ल-२ मा प्रस्तुत गरेको बालप्रेमले सबैलाई तान्ने विश्वास गरिन्छ। बालकलाकारहरूका साथमा सुरज सिंह ठकुरी, पि्रयंका कार्की, सरोज खनाल, जीवन लुइँटेल, वषर्ा सिवाकोटी, सीताराम कट्टेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको यो चलचित्रका निर्माता निर्देशक आचार्य स्वयं तथा दिनेशकुमार पोखरेल हुन्।

 Image