Successfully Copied

कुरा सुपर क्रिमको

घाममा निस्कदा छालामा प्रदूषण र सूर्यको किरणको नकारात्मक प्रभाव पर्छ। त्यसैले आमरूपमा वर्किङ बुमन, टिनएजर एवं युवतीहरूले अफिस वा कलेज

स्किन सोल्ड सनस्क्रिन

घाममा निस्कदा छालामा प्रदूषण र सूर्यको किरणको नकारात्मक प्रभाव पर्छ। त्यसैले आमरूपमा वर्किङ बुमन, टिनएजर एवं युवतीहरूले अफिस वा कलेज जानुपूर्व दैनिक सनस्क्रिन प्रयोग गर्छन्। मुख्यतः यो वाटर बेस्ड लोसनका रूपमा पाइन्छ। आफ्नो स्किनको प्रकारमा विचार पुर्‍याउँदै सनस्क्रिन प्रयोग गर्नुपर्छ। तैलीय छालाका लागि ओयल फ्री मोस्चराइजर विथ सनस्किन लगाउनुपर्छ। छाला सुख्खा छ भने रिच मोस्चराइजर विथ सनस्क्रिन प्रयोग गर्नुपर्छ। लामो समयसम्म घाममा बस्ने भए टपअप सनस्किन लगाउनुपर्छ अर्थात् एक कोट लगाएको दुई-तीन घन्टापछि पुनः लगाउनुपर्छ। चन्दन, एलोबेरा, वाटरमेलन र मिन्टयुक्त हर्बल सनस्क्रिन विथ मोस्चराइजर प्रयोग गर्नुपर्छ। हर्बलको न्युटि्रमोइस्ट लगाउनु उपयुक्त हुन्छ। यो चेरी, प्लम तथा अल्फा हाइड्रोक्सी फ्रुट एसिडबाट तयार गरिएको छ। यो एसपीएफयुक्त छ। कुनै पनि उमेरका युवतीहरूले यसको प्रयोग गर्न सक्छन्।

स्किन ह्वाइटनिङ क्रिम ः कुनै पनि फेयरनेस क्रिम लगाउनुपूर्व एकपटक सोच्नुपर्छ-के मलाई यो क्रिम आवश्यक छ ? छैन भने बेसिक स्किन टि्रटमेन्ट गर्नुपर्छ जसमा क्लिनिङ, टोनिङ र मोस्चराइजिङ हुन्छ। छालामा घामका कारण समस्या देखापरेको छ भने स्किन ह्वाइटनिङ क्रिम विथ एसपीएफ प्रयोग गर्नुपर्छ। सातामा एक पटक स्क्रबले एक्सफोलिएसन गर्नुपर्छ र ह्वाइटनिङ इन्टेन्सिभ मास्क लगाउनु लाभदायक हुन्छ।

अल इन वन

समय अभाव र पार्लर गएर फेस क्लिन गराउन भ्याइँदैन भने एन्टी एजिङ अल इन वन क्रिम लगाउन सकिन्छ। बिहान प्रयोग गर्न क्रिम एसपीएफका साथमा र रातिका लागि एसपीएफरहित एन्टी एजिङ पनि उपलब्ध छ। हल्का ब्राउन कलरको दाग तथा रंगहीन छालाको समस्या आदिमा यसको प्रयोग गर्न सकिन्छ।

एन्टी टेनिङ एण्ड स्पट रिमुविङ

घामबाट ओइलाएको छालाको समस्या र दाग-धब्बा हटाउन स्पेशल क्रिम प्रयोग गर्नुपर्छ। फेयरनेस क्रिमबाहेक स्पट रिमुविङ क्रिम पनि हुन्छ। यसलाई प्रभावित स्थानमा लगाएर रातभरि छोड्नुपर्छ। केही सातामै दाग हल्का हुन पुग्छ। पिम्पलको दागबाट पीडितहरूले यसको प्रयोग गर्न सक्छन्।

एन्टी रिङ्कल क्रिम

बढ्दो उमेरमा रिङ्कल देखिनु वा छाला चमकहीन हुनुभन्दा अघि सही क्रिम प्रयोग गरी छालालाई गल्नबाट रोक्न सकिन्छ। एन्टी रिङ्कल क्रिम डे र नाइट दुवै प्रकारमा उपलब्ध छ।

जेल फर्मुला क्रिम

पिम्पल र र्‍यासेजको समस्यामा जेल बेड क्रिम प्रयोग गर्नुपर्छ। यसबाट छाला कोमल हुन्छ र र्‍यासेज, पिम्पल आदिको समस्या हुँदैन। बिच हेवलयुक्त क्रिम प्रयोग गर्नुपर्छ। यसमा एस्टि्रजेन्टको गुण पनि हुन्छ। यसबाट छालाका तैलीय ग्रन्थिहरू कम सक्रिय हुन्छन्। फ्री रेडिकल्स बन्दैन र छालामा नरमपनको सन्तुलन कायम रहन्छ। त्यसो त अहिले बजारमा एन्टी अक्सिडेन्टयुक्त सनस्क्रिन जेल पनि उपलब्ध छ।

डे एण्ड नाइट क्रिम

डे क्रिम सनस्क्रिनयुक्त हुन्छ। त्यसैले बिहान नुहाएपछि यसको प्रयोग गर्नुपर्छ। यसलाई प्रयोग गरेपछि अलग रूपमा सनस्क्रिन लगाउनु आवश्यक हुँदैन। यसको प्रयोगले प्रदूषणले छालालाई त्यति प्रभाव पार्न सक्दैन। यसलाई २५ वर्षको उमेरपछि लगाउन सकिन्छ। मेच्योर स्किनका लागि एन्टी एजिङ डे क्रिम उपयुक्त हुन्छ। नाइट क्रिमले रातभरिमा छालामा आफ्नो प्रभाव देखाउँछ र बिहान छालामा ताजापन महसुस हुन्छ। यसमा भएको नेचुरल एन्टी अक्सिडेन्टले छालाको लक बढाउँछ। नाइट क्रिमको प्रयोग २५ वर्षको उमेरदेखि गर्न सकिन्छ। धेरै हावा चल्ने ठाउँमा घुम्न जानु छ भने नाइट क्रिमका साथमा सनस्क्रिन प्रयोग गर्नुपर्छ। यसबाट सुख्खा छालालाई पर्याप्त नरमपन प्राप्त हुन्छ र सूर्यको किरणबाट पनि सुरक्षा हुन्छ। राति सुत्नुभन्दा पहिले आफ्नो स्किन टोनअनुरूप दिनहुँ नाइट क्रिम लगाउनुपर्छ। हल्का हातले मालिस गर्नुपर्छ। कोलेजन र इलास्टिन ब्रस्टर फर्मुलायुक्त डे एण्ड नाइट क्रिम ४० वर्षको उमेरपछि प्रयोग गर्नुपर्छ।

बर्टिलाइजर एण्ड स्किन सिमर

जाडोमा डे वा नाइट क्रिम र मोस्चराइजरमा थोरै स्किन सिमर मिसाएर घाँटी तथा अनुहारमा लगाउनुपर्छ। यसबाट छाला कोमल हुन्छ भने मौसमका साथ एडजस्ट पनि हुन्छ। बढ्दो उमेरमा महिलाहरूमा यसको प्रभाव राम्रो देखिन्छ। तैलीय छाला भएकाले यसको प्रयोग गर्नु हुँदैन।

स्किन सप्लिमेन्ट क्याप्सुल

छालामा तुरुन्तै प्रभाव पर्ने यो क्याप्सुल प्रयोग गर्न सजिलो छ र प्रभावकारी पनि। दिनहुँ राति सुत्नुपूर्व अनुहार सफा गरी एउटा क्याप्सुल फुटाएर त्यसको क्रिम प्रयोग गर्नुपर्छ। यसलाई नाइट क्रिमका साथ मिक्स गर्नु हुँदैन किनभने छाला आवश्यकताभन्दा बढी ओइली हुने सम्भावना हुन्छ। छाला प्रदूषणबाट बढी प्रभावित छ भने सप्लिमेन्ट क्याप्सुलले छालामा रिपेरिङको काम गर्छ। त्यसबाहेक स्किन फेसियल आयल क्याप्सुल पनि उपलब्ध छ जसमा विशेष प्रकारको तेल र भिटामिन ई आयलको कम्बिनेसन पाइन्छ, जुन मेच्योर स्किनलाई यङ लुक दिने काममा प्रभावकारी हुन्छ। अक्सिजन बुस्ट क्याप्सुलका रूपमा सिमर हुन्छ जसले १४ दिनमा आफ्नो प्रभाव देखाउँछ। प्रदूषणबाट प्रभावित छालामा यो सप्लिमेन्ट प्रभावकारी हुन्छ।

विशेष ध्यान

डअनुहार कम धुँदा पिम्पल्स र डेड स्किनको समस्या हुन्छ तर अनुहार बढी धोए छालाबाट प्राकृतिक चिल्लोपन पानीका साथमा बगेर छाला सुख्खा हुन्छ। त्यसैले दिनहुँ दुई पटक अनुहार धुनु उपयुक्त हुन्छ।

डबढी गन्ध आउने ब्युटी प्रोडक्ट प्रयोग गर्नुभन्दा कम गन्ध भएका प्रोडक्ट प्रयोग गर्नु राम्रो हुन्छ।

डहर्बल वा केमिकल क्रिम खरिद गर्दा प्रोडक्टको मूल संयोजन बढी छ-छैन भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ। एलोबेरा फेस जेलमा कति प्रतिशत एलोबेरा छ, कति प्रतिशत पानी र कति प्रतिशत अन्य सामग्री छन् भन्ने कुरा पनि बुझ्नुपर्छ।

डसातामा दुई-तीन पटक फेस मास्क प्रयोग गर्नुपर्छ। फेस मास्क प्रयोगमा जति नियमित भइन्छ उति नै अनुहारमा सकारात्मक प्रभाव र परिणाम अनुभव गर्न पाइन्छ।

 Image