Successfully Copied

भर्खर जन्मिएका छाउराको रेखदेख

हिजोआज घरमा पालिएका जनावरहरूको हितका लागि क्यानल क्लब मात्र होइन विभिन्न संघसंस्था पनि खुलेका छन्।

डा. शरद सिंह यादव

एडभान्स पेट हस्पिटल एन्ड

रिसर्च सेन्टर, विशालनगर

हिजोआज घरमा पालिएका जनावरहरूको हितका लागि क्यानल क्लब मात्र होइन विभिन्न संघसंस्था पनि खुलेका छन्। त्यसले गर्दा पनि मानिसहरूमा घरपालुवा जनावर कसरी पाल्नुपर्छ भन्ने जागरुकता आएको छ। अहिले घरघरमा विभिन्न जातका कुकुर पाल्न थालिएको छ। तिनले निकै राम्रो सुविधा पनि भोगिरहेका छन् जब कि सडकका कुकुरहरूको जीवन निकै कष्टकर हुन्छ। सडकमा दुःख पाइरहेका कुकरको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यस्ता कुकुरको रक्षा तथा हेरचाह गर्नु हाम्रो कर्तव्य पनि हो। ती कुकुरलाई घरमा ल्याई राम्रोसँग हेरचाह गरेर तिनलाई नयाँ जीवन दिन सकिन्छ। सडकमा हिँड्ने अधिकांश कुकुरका छाउराको मृत्यु जन्मिएको केही घन्टामै हुन्छ। सडकका कुकुरहरू प्रसवका बेलामा निकै पीडामा हुन्छन्। त्यसैगरी भोक, चिसो तथा फोहोरका कारण निम्तिने रोगहरूबाट उनीहरूको मृत्यु हुन्छ।

माउ तथा नवजात छाउराको आहार

छाउरालाई दूध चुसाउँदा-चुसाउँदा कुकुरहरू थाक्छन्। आमाको दूध नआउँदा छाउराले आक्रामक भएर माउलाई चोट पुर्‍याउँछन्। यस्तो अवस्थामा माउ र छाउरा दुवैको हेरचाह आवश्यक हुन्छ। छाउरालाई दिनको दुईपटक डब्बाको दूध दिनुपर्छ भने माउलाई पनि आवश्यकताअनुसार खाना दिनुपर्छ। छाउरालाई दूध दिँदा माउलाई बाहिर निकाल्नुपर्छ।

चिसोबाट बचावट

नवजात छाउराले आफ्नो शरीरको तापक्रमलाई ठीक ढंगबाट नियन्त्रण गर्न सक्दैनन्। उनीहरूलाई चिसोले चाँडै समाउँछ फलस्वरूप हाइपोथर्मिक हुन सक्छ। त्यसैले जन्मिएको पहिलो हप्ताभर गरम बोतल, इक्युबेटर तथा हिटर आदि राखेर उनीहरूलाई न्यानो बनाउनुपर्छ। जन्मिएको सुरुवाती दिनमा छाउरालाई ४ दिनसम्म ८५ देखि ९० डिग्री फरेन हाइटसम्म राख्नुपर्छ। तापक्रम १० दिन भित्रमा विस्तारै ८० डिग्री बनाउनुपर्छ। धेरै छाउराको हेरचाह गर्ने भए तापक्रम कम गर्न सकिन्छ। नवजात छाउराको तापमान ९९ डिग्री फरेन हाइटसम्म हुन्छ। यदि उसको तापमान ९४ डिग्रीभन्दा कम भए तुरुन्त जँचाउनुपर्छ।

नवजात छाउरालाई हुनसक्छ डिहाइड्रेसन

नवजात छाउरालाई तुरुन्त दूध प्राप्त भएन भने उसलाई डिहाइड्रेसन हुन्छ। वरिपरिको वातावरण सुख्खा तथा गरम भए छाउरा डिहाइड्रेसनको सिकार बन्छ। डिहाइड्रेसन दुई तरिकाबाट थाहा पाउन सकिन्छ। शरीरको छाला चाउरियो वा मुख सुक्यो भने समयमा दूध पिउन नपाएका नवजात छाउराहरू हाइपोग्लिसेमियाको सिकार हुन्छन्। समयमा उपचार नभए मृत्यु हुन सक्छ। उनीहरू कोमामा पनि जान सक्छन्। त्यस्तो लक्षण देखिए जिब्रोमा कर्न सिरपको केही थोपा चुहाउनुपर्छ जुन निकै उपयोगी साबित हुन्छ।

मूत्र त्याग गर्ने प्रेरणा

माउले शिशुको मलद्वार वरिपरि चाटेर वा स्पर्श गरेर मूत्र त्याग गर्न प्रेरित गर्नुपर्छ। माउबाट बिछोडिएका छाउरालाई कब्जियत हुने सम्भावना हुन्छ। त्यसैले तातो पानी तताएर मूत्रद्वार वरिपरि विस्तारै दबाब दिनुपर्छ। यो उपाय हप्तामा दुईपटक अवलम्बन गर्नुपर्छ। एक हप्तासम्म उसलाई प्रेरित गर्नुपर्छ। मसाजका लागि रुवा वा टिस्यु पेपर प्रयोग गर्न सकिन्छ।

खाना ख्वाउँदा

-    प्रयोग गर्नुभन्दा पहिले पानीलाई उमालेर चिसो बनाउनुपर्छ।

-    फिडिङपछि डकार गराउनुपर्छ। मुख धोइदिनुपर्छ।

-    छाउराको ग्रोइङको हिसाबले क्यालोरी एडजस्ट गराउनुपर्छ।

-    छाउराको तौल लिइरहनुपर्छ।

-    यसबाट उसको वजन घटबढ भएको हुन्छ। 

 Image