Successfully Copied

घरपालुवा जनावरमा मधुमेह

आममानिसमा अहिले मधुमेहको अवस्था जटिल हुँदै गएको छ। मानिसमा जस्तै घरपालुवा जनावरहरूमा पनि खानपान, शारीरिक व्यायाम तथा वंशानुगत कारणले मधुमेह हुन सक्छ तर धेरैलाई आफ्नो प्यारो घरपालुवामा मधुमेह भएको जानकारी नहुन सक्छ।

आममानिसमा अहिले मधुमेहको अवस्था जटिल हुँदै गएको छ। मानिसमा जस्तै घरपालुवा जनावरहरूमा पनि खानपान, शारीरिक व्यायाम तथा वंशानुगत कारणले मधुमेह हुन सक्छ तर धेरैलाई आफ्नो प्यारो घरपालुवामा मधुमेह भएको जानकारी नहुन सक्छ।

कसरी हुन्छ मधुमेह ?

घरपालुवा जनावरमा पनि मानिसमा जस्तै प्यानक्रियाजको गडबडीले इन्सुलिनको उत्पादनमा ह्रास आउँछ र उसले कार्बोहाइड्रेड, प्रोटिन तथा बोसो राम्रोसँग पचाउन सक्दैन। घरपालुवामा टाइप एक मधुमेहको जोखिम उच्च हुन्छ। यो कुनै पनि जातका वा कुनै पनि उमेरका घरपालुवामा हुन सक्छ। मधुमेह प्रायः ६ वर्ष पार गरेका घरपालुवामा बढी देखिने गरेको छ। म्ाोटोपनले गर्दा घरपालुवामा टाइप दुई मधुमेह हुने सम्भावना हुन्छ।

लक्षण

यो रोग लागेका घरपालुवामा बढी मात्रामा तिर्खाउने र धेरै पिसाब फेर्ने, कहिलेकाहीँ बान्ता गर्ने, पछि गएर कमजोर हुँदै जाने तथा आँखा कम देख्ने लक्षण देखापर्छ।

कसरी पत्ता लगाउने ?

उक्त लक्षणहरू देखिए पशुचिकित्सकसँग सल्लाह गरेर रगत तथा पिसाब जाँच गरी रोग पत्ता लगाउन सकिन्छ।

उपचार हुन्छ त ?

यो रोग लागिसकेपछि मानिसमा जस्तै घरपालुवा जनावरमा पनि पूर्ण उपचार हुन सक्दैन। इन्सुलिन तथा अन्य औषधिको प्रयोग, उचित खानपान एवं शारीरिक व्यायामले रोगलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ।

नेपालमा अहिलेसम्म घरपालुवाका लागि इन्सुलिन उपलब्ध नभएको अवस्थामा यसको उपचार जटिल मानिन्छ। त्यसैले घरपालुवालाई मधुमेहबाट जोगाउन सानैदेखि उचित खानपान तथा शारीरिक तौलमा ध्यान पुर्‍याउनु आवश्यक छ। 

- डा. शरद सिहं यादव

एडभान्स पेट हस्पिटल एण्ड रिसर्च सेन्टर

विशाल नगर

 Image