Successfully Copied

क्रिम अफ ब्रोकाउली सुप

सामग्री : ब्रोकाउली, लसुन, प्याज, तेजपत्ता, बेसिल, ओलिभ ओयल, साल्टपेपर, थोरै गाजर।

सामग्री ः ब्रोकाउली, लसुन, प्याज, तेजपत्ता, बेसिल, ओलिभ ओयल, साल्टपेपर, थोरै गाजर।

विधि ः पहिले ब्रोकाउलीलाई राम्रोसँग सफा गर्ने र रफ कट काट्ने। थोरै गाजर, प्याज, लसुन पनि काट्ने। एउटा प्यानमा ओलिभ ओयल हालेर काटेको गाजर, लसुन, तेजपत्ता, हब्स तथा बेसिल भुट्ने। जब प्याज र गाजरको कलर ब्राउन हुँदै आउँछ तब ब्रोकाउली हाल्ने अनि भेजिटेबल स्टक वा पानीमा पकाउने। १० मिनेट जति पकाएपछि चिस्याएर ग्रान्डर मेसिनबाट पेस्ट बनाउने। अर्को प्यानमा ओलिभ ओयल तताएर फाइन चप प्याज, गार्लिक तथा बेसिल सोथे गर्ने। जब प्याज, गार्लिक गोल्डेन ब्राउन कलरको हुन्छ त्यसपछि ब्रोकाउलीको प्युरीलाई त्यसमा खन्याउने। पानी वा स्टकका साथ केही समय पकाउने। स्वादअनुसार साल्टपेपर हाल्ने। बाउलमा हाली क्रिमले गार्नेस गर्ने।

ननभेज नुडल्स सुप

सामग्री ः नुडल्स २० ग्राम, जुलियन्ट भेजिटेबल (क्याबेज, विन्स, क्यारोट, मसरुम, चाइनिज साग) ६० ग्राम,

चिकेन ४० ग्राम, साल्टपेपर स्वादअनुसार, उसिनेको अण्डा एउटा -आधा गरेको), हरियो प्याज गार्नेसका लागि आवश्यकताअनुसार ।

विधि ः एउटा प्यानमा भेजिटेबल स्कट वा पानी राख्ने। त्यसमा चिकेन, नुडल्स, मसरुम हालेर पकाउने। जब चिकेन ७५ प्रतिशतजति पाक्छ त्यसमा माथिबाट जुलियन गरेर राखिएको भेजिटेबल हाल्ने। त्यसपछि स्वादका लागि सोया सस, नुन तथा पेपर हाल्ने। यो सुपलाई बोयलमा हाली अण्डा र स्प्रिङ ओनियनले गार्नेस गर्ने।

मेनिस्टोनी सुप

सामग्री ः ब्रुनाइस कट भेजिटेबल, गाजर, विन्स, आलु, सेलरी, काउली, ब्रोकाउली, गोलभेंडा १ सय ५० ग्राम, ओलिभ ओयल १ चम्चा, फाइन चप गार्लिक र प्याज, टोमाटो प्युरी, टोमाटो सस, बेसिल ३ पत्ता, चीज ५ ग्राम, साल्टपेपर

विधि ः एउटा भाँडामा ओलिभ ओयल तताएर ब्रुनाइट भेजिटेबल राख्ने। त्यसमा फाइन चप गार्लिक र ओनियन सोथे गर्ने। दुई मिनेटपछि काटेको भेज

सोथे गर्ने। त्यसपछि भेजिटेबल स्टक हालेर पकाउने। पाकेपछि त्यसमा टोमाटो प्युरी, टोमाटो सस तथा बेसिल हालेर पकाउने। स्वादअनुसार साल्टपेपर राख्ने। यसमा गार्नेसका लागि फ्राइड बेसिल तथा पारमोजन चीज प्रयोग गर्न सकिन्छ।

अर्गानिक थाई मसरुम सुप

सामग्री ः मसरुम १ सय ५० ग्राम, मेरुपा ५० ग्राम, ओलिभ ओयल ३० मिलिलिटर, साल्टपेपर स्वादअनुसार, थाइम १ वन्च, क्रिम १० मिलिलिटर, दूध २० मिलिलिटर ।

विधि ः मसरुमलाई सफासँग केलाउने। मेरुपालाई सोथे गर्ने। जब त्यो गोल्डेन ब्राउन कलरको हुन्छ, मसरुम हालेर सोथे गर्ने। अब त्यसलाई भेजिटेबल स्टकका साथ पकाउने। पाकिसकेपछि त्यसलाई ग्रान्डरमा पेस्ट बनाउने। प्यानमा ओलिभ ओयल तताएर गार्लिक, प्याज र थाइम

सोथे गर्ने। गोल्डेन ब्राउन कलरको भएपछि मसरुमको पेस्टमा पानी हालेर पकाउने। केही समयपछि क्रिम हाल्ने। रंग सेतो बनाउन यसमा दूध पनि प्रयोग गर्न सकिन्छ।

ध्रुव आचार्य, सेफ

हायत रेसिडेन्सी, रक्स रेस्टुरेन्ट, बौद्ध

 Image