![]()
मेषदाम्पत्य जीवन सुखमय रहनेछ । योजनानुसार सबै कामले पूर्णता पाउँदै जानेछन् । कतैबाट आकस्मिक उपहार उपलब्ध हुनसक्छ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । उत्तराद्र्धमा केही तनाव हुनसक्छ । सहयोगी हातहरू पछि सर्नेछन् । काम गर्दा अनपेक्षित अपजस आइलाग्नसक्छ । सकारात्मक सोचका साथ धैर्य पूर्वक काम गर्दा सोचेजस्तै सफलता मिल्नेछ । वृषबहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कुनै धार्मिक कार्यमा सहभागी हुने मौका जुर्नसक्छ । स्वास्थ्यस्थिति राम्रो रहनेछ र मन पनि चङ्गाभैmं उड्न थाल्नेछ । कसैकसैको घर बनाउने वा मर्मत गर्ने काम सुरू हुन्छ भने कसैकोे गृह प्रवेश हुनसक्छ । पारिवारिक एवं आत्मीयजनले सहयोग गर्नेछन् । तपाईंको वाकपटुता र कार्यकुशलताको समाजमा चर्चा हुनसक्छ । महिनाको उत्तराद्र्धमा वादविवाद हुने सम्भावना छ ।मिथुननयाँ–पुराना सबै काममा सफलता मिल्दै जानेछ । कुनै विशेष कार्यमा सफल भइनेछ । समस्याहरू स्वतः पर सर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफलता प्राप्त हुनेछ । माइतीपक्षसित भेटघाट हुनेछ । प्रतिस्पर्धीहरू आफैं तर्किन थाल्नेछन् । दाम्पत्य जीवन सुखमय रहनेछ । आर्थिक पक्ष सबल रहनेछ । आफ्नै प्रभुत्वमा सबै काम सम्पत्र हुँदै जानेछन् ।कर्कटमहिनाको पूर्वाद्र्ध त्यति अनुकूल देखिँदैन । आकस्मिक बाधा उत्पन्न हुनुका साथै मनमा तनाव, रुघाखोकी एवंपिनासजस्ता समस्या आइलाग्नसक्छन् । उत्तराद्र्धको समय केहीअनुकूल रहनेछ । आर्थिक लाभ हुनुका साथै मित्रवर्गसित जमघट हुनसक्छ । दाम्पत्य जीवनमा मधुरता थपिँदै जानेछ । इच्छानुसार खानपान एवं आरामको व्यवस्था हुनेछ । कसैकसैका लागि केही समय माइती गएर बस्ने मौका मिल्नसक्छ । सिंह सन्तान सुखको योग छ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । धार्मिक क्रियाकलापमा अभिरुचि बढ्नेछ । आकस्मिक रूपमा कतैबाट धनलाभ एवं उपहार प्राप्तिको योग छ । व्यक्तिगत कार्य एवं खुसीका लागि किनमेल हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कसैकसैको गरगहना एवं लुगाफाटो जोर्ने योग छ । दिदीबहिनी एवं नन्दआमाजूसितको सम्बन्धमा प्रगाढता छाउनेछ । महिनाको उत्तराद्र्धको समय त्यति अनुकूल नहुनसक्छ । काम गर्दा अनपेक्षित बाधा एवं अपजस आउनसक्ने भएकाले सतर्क रहनुपर्ने बेला छ ।कन्याकुनै विशेष कामले यात्रा हुनसक्छ । बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । एक–अर्काको मनको भावना बुझी काम गर्दा दाम्पत्य जीवन सरल एवं सुमधुर रहनेछ । बोली–व्यवहारमा सतर्कता अपनाउनसके वादविवाद टर्नसक्छ । टाउको, आँखा एवं पेट दुख्ने सम्भावना भएकाले सम्बन्धित कुराहरूमा ध्यान दिनुपर्नेछ । कुनै नयाँ ठाउँको भ्रमण गर्ने अवसर जुर्नसक्छ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । सन्तान सुखको योग छ । घरको शोभा बढ्नेछ । कुनै कार्यक्रममा सहभागी हुने अवसर मिल्नसक्छ ।तुलाशारीरिक एवं मानसिक दुवै रूपले शरीर स्वस्थ रहनेछ । प्रतिस्पर्धीहरू आफैं तर्किन थाल्नेछन् । इष्टमित्रमा कसैलाई तपाईंको सहयोगको आवश्यकता पर्नसक्छ । मनमा भएको बोझ हटेर मन चङ्गाभैmं उड्न थाल्नेछ । दाम्पत्य जीवन सरल एवं सुमधुर रहनेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता प्राप्त हुनेछ । कुनै खास काम सम्पन्न गर्ने जिम्मेवारी आइलाग्नसक्छ । प्राथमिकताका आधारमा वर्गीकरण गर्दै काम गरेमा आपैmंलाई सजिलो हुनेछ ।वृश्चिकमौसमी रुघाखोकीले सताउन सक्ने भएकाले स्वास्थ्यमा सतर्कता अपनाउनुपर्नेछ । गोपनीयताको ख्याल गर्दै प्रतिस्पर्धीहरूबाट सजग रहनुपर्ने बेला छ । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभिन्नता हुनसक्छ । अभिभावकहरूले छोराछोरीको जिद्दी हटाउन कुनै कुरामा सम्झौता गर्नुपर्ला । पेटका बिरामीहरूले खानपिनमा विशेष ध्यान दिनुहोला । सम्भावित अपजसबाट बच्न आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने प्रयत्न गर्नुपर्नेछ । सकारात्मक रहँदै आत्मविश्वासी भएर काम गर्दा सबै काममा सफलता मिल्नेछ । धनुमनमा भएको चिन्ता हटेर जानेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट गर्ने मौका जुट्नेछ । आर्थिक अभिवृद्धिका निमित्त गरेको लगानी फलदायी रहनेछ । छोराछोरीको खुसीका निमित्त कुनै कुरामा सम्झौता गर्नुपर्ला । सन्तानप्रतिको कर्तव्य एक–अर्काले मिलेर गर्दा दाम्पत्य जीवन सुखमय रहनेछ । नवदम्पतीलाई सन्तान प्राप्तिको योग छ । पिकनिक वा दिवाभोजमा सहभागी हुने मौका जुट्नसक्छ । बोली एवं व्यावहारिक कार्यमा सतर्कता अपनाउनुपर्ने बेला छ । हतारमा कुनै पनि कार्य नगर्नुहोला ।मकरकुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । काम गर्ने उत्साह बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कसैकसैको घरमा जग हाल्ने काम हुनेछ भने कसैको फेरि गृह प्रवेश वा बसाइ सराइ हुनसक्छ । कुनै विशेष काम सम्पन्न हुँदा मनमा सन्तोष मिल्नेछ । परिवारमा कसैलाई सन्तानलाभ हुनसक्छ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । कुनै कार्यक्रममा साथीहरूसित जमघट हुनसक्छ । मनमा कुनै नयाँ काम गर्ने सोच आउनसक्छ ।कुम्भप्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । कसैकसैलाई कुनै कामकालागि मान–सम्मान मिल्नसक्छ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । नवीन वस्त्रप्राप्तिको योग छ । अनावश्यक खर्च हुने सम्भावना भएकाले किनमेल गर्दा विचार पु¥याउनुपर्ने देखिन्छ । बाटोमा हिँड्दा आफ्नो मालसामानको राम्रो ख्याल गर्नुपर्ने बेला छ । कुनै कुराले भने दोधारमा पर्न सकिन्छ । रक्तचापका बिरामीहरूले खानपानमा विशेष ख्याल गर्नुपर्ने बेला छ । मीनवैदेशिक यात्राको योग छ । हरेक काममा आफैं खटिनुपर्दा धपेडी हुनसक्छ । मुटु एवं रक्तचापका बिरामीहरूले खानपानमा ध्यान दिनुहोला । काम गर्दा आफ्नो गोपनीयताको विशेष ख्याल गर्नुहोला । सहयोगी हातहरू पछि सर्नसक्छन् । आफ्नो काम–कर्तव्य पूरा गर्ने प्रयास गर्नुहोला । दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ । कसैकसैलाई सन्तान प्राप्तिको योग छ ।
प्रीति आत्रेय ज्ञवाली, चैत्र १, २०७९
-- पुरै पढ्नुहोस् --