Successfully Copied

फोहोर नै हाम्रा लागि डायमण्ड हो

फोहोर नै हाम्रा लागि डायमण्ड हो । गलत ठाउँमा फालिने भएकाले मात्रै फोहोर भएको हो नत्र यो एउटा यस्तो स्रोत हो जसलाई विशाल हीरा भन्न सकिन्छ । 

आयुषी के.सी. / संस्थापक, खाली सिसी

फोहोरको थुप्रोभित्र हीरा भेटाउनुभयो भने ?

फोहोर नै हाम्रा लागि डायमण्ड हो । गलत ठाउँमा फालिने भएकाले मात्रै फोहोर भएको हो नत्र यो एउटा यस्तो स्रोत हो जसलाई विशाल हीरा भन्न सकिन्छ । 

कसैले तपाईंलाई के गरिरहनुभएको छ भनेर सोध्यो भने तपाईंको उत्तर के हुन्छ ?

फोहोर व्यवस्थापनका लागि प्रविधिको प्रयोग गरेर सेवामूलक व्यवसायका रूपमा अघि बढाउँदै स्वच्छ वातावरण निर्माण गर्ने र यसैलाई स्वचालित ढंगले फोहोर सम्बद्ध काममा पैसा, प्रतिष्ठा र इज्जत छ भन्ने चेतना अभिवृद्धिमा काम गरिरहेकी छु । 

तपाईंको कुन योगदानका कारण यो उपलब्धि प्राप्त भएजस्तो लाग्छ, त्यो उपलब्धि के हो ?

सुगरकोट नगरी जवाफ दिनुपर्दा महिलाले यो वा त्यो गर्न सक्दैनन् भन्ने जुन मानसिक बाधा उत्पन्न गराइने हाम्रो पुरानो प्राक्टिस थियो मैले त्यसैलाई क्यास गर्न सकें त्यही नै मेरो उपलब्धि हो । दैनिक काठमाडौं उपत्यकाबाट ७ लाख र वार्षिक रूपमा ३३ करोड किलोग्राम फोहोर सिसडोलको डाँडामा कुहिएर जान्छ । त्यसलाई हामी क्यास किन नगर्ने ? उपत्यकाभरि १३ हजार फोहोर संकलक दाइ हुनुहुन्छ, हामीसँग प्रत्यक्ष रूपमा जोडिएका ३ सय जना छन् । हामीसँग जोडिएपछि उनीहरूको आम्दानी ४० प्रतिशतले वृद्धि भएको छ भने सामाजिक प्रतिष्ठा बढ्दै गएको छ ।  

आफूमा भएको कुन एउटा क्षमता जसले तपाईंलाई सफल हुन सहयोग गर्‍यो ?

आधा शताब्दीदेखि फोहोर संकलनको काम गरिरहेका दाइहरूको सामाजिक छवि बदलिएको छ । खाली सिसी बोतल बटुल्नेको नजिक गयो भने बोरामा हालेर लैजान्छ भन्ने समाज थियो हाम्रो । उनीहरूलाई गर्ने व्यवहार फरक हुन्थ्यो तर आज उनीहरूलाई समाजले हेर्ने नजर र व्यवहार बदलिएको छ । अहिले खाली सिसीको आइडी कार्ड भिरेर जानेबित्तिकै उनीहरूले सम्मानजनक व्यवहार पाएको कुरा बताउने गरेका छन् । अरु कसैले सिको गरेर यस्तै व्यवसाय गर्न तर हामीसँग जुन इतिहास बदल्न सक्ने यथार्थ कथा छ त्यो सिको गर्न सक्दैनन् भन्ने लाग्छ । मेरो यही स्टोरी टेलिङ नै मेरो सफलता हो । 

तपाईंलाई मैले कसरी भेटें भन्ने प्रश्न यदि कसैले मसँग गर्‍यो भने मैले के भन्नुपर्ला, तपाईंको सुझाव ?

फोहोरको डुंगुरमा भेटें भनिदिनुहोस् ।

कसैले पैसा र प्रतिष्ठाबाहेक जीवनमा आवश्यक अर्को प्रमुख चीज के हो भनेर सोध्यो भने तपाईं के भन्नुहुन्छ ?

म व्यक्तिगत खुसीका लागि भन्दा पनि समाजका लागि केही गर्न चाहन्छु । त्यसैले पैसा र प्रतिष्ठाभन्दा पनि जीवनमा राम्रो काम गरे मरेर गए पनि सधै अमर रहन सकिन्छ भन्छु । 

भीमकाय राक्षससँग लड्नुपर्‍यो भने कुन अस्त्र प्रयोग गर्नुहुन्छ ?

मेरो पछाडि रहेको ठूलो मानवशक्ति प्रयोग गर्छु । 

 

 Image