Successfully Copied

केरा–केरा  केराटिन ट्रिटमेन्ट

यो हेयर केराटिनकै एउटा रूप हो । यसको छुट्टै हेयर वास स्याम्पु (क्युरिफाइन स्याम्पु) हुन्छ । यसमा केश धोएपछि ३० प्रतिशत सुकाई स्मुथिङ ट्रिटमेन्ट क्रिम लगाइन्छ । त्यसपछि केशलाई केस्रा–केस्रामा  छुट्याएर ड्रायर सेट गरिन्छ । यो विधिद्वारा ५० प्रतिशत आइरन तथा ५० प्रतिशत ड्रायरको काम हुन्छ ।

निरु श्रेष्ठ / ब्युटिसियन तथा टेक्निसियन स्टेला प्रोफेसनल, शृंगार ब्युटिपार्लर, भनीमण्डल, काठमाडौं 

यो भर्खरै नेपाल भित्रिएको पछिल्लो प्रविधि हो । यसबाट केशमा प्रोटिन प्रदान गर्ने काम गरिन्छ । यो रंग्याइएको तथा बिग्रिएको केशलाई स्वस्थ एवं मुलायम बनाउने प्रविधि हो । 

कसरी गरिन्छ ?

यो हेयर केराटिनकै एउटा रूप हो । यसको छुट्टै हेयर वास स्याम्पु (क्युरिफाइन स्याम्पु) हुन्छ । यसमा केश धोएपछि ३० प्रतिशत सुकाई स्मुथिङ ट्रिटमेन्ट क्रिम लगाइन्छ । त्यसपछि केशलाई केस्रा–केस्रामा 

छुट्याएर ड्रायर सेट गरिन्छ । यो विधिद्वारा ५० प्रतिशत आइरन तथा ५० प्रतिशत ड्रायरको काम हुन्छ । यसलाई ८ घन्टा राखेपछि पहिले केराटिङ वा स्मुथिङ स्याम्पु अनि त्यसपछि कन्डिसनर लगाएर ५ मिनेट छोडिदिने । त्यसपछि हेयर वास गर्ने । स्मुथिङ गरेको केशमा अकाइ ओयल नै लगाउनुपर्छ । 

घरमा गर्न

यसका लागि विशेष तालिमको आवश्यकता हुन्छ । त्यसैले घरमा हेयर स्मथिङ गर्न कठिन छ ।

केशको हेरचाह 

क्लोरिनयुक्त पानी तथा धूवाँ–धूलो एवं प्रदूषणबाट जोगिन स्मुथिङ स्याम्पु तथा कन्डिसनर नै प्रयोग गर्नुपर्छ । यस्तो केशमा रेगुलर स्याम्पु प्रयोग गर्न मिल्दैन किनभने त्यस्तो स्याम्पुले केशको प्रोटिन उडाइदिन्छ ।

साइड इफेक्ट 

यसको कुनै साइड इफेक्ट छैन । लामो समय लगाएर विशेषज्ञहरूको अनुसन्धानद्वारा निकालिएको विधि भएकाले यसमा प्रयोग गरिने प्रसाधन सर्टिफाइड छन् । यसलाई अप्राकृतिक भनिहाल्न पनि मिल्दैन ।

हेयर स्मुथिङको समय

यसमा उच्चगुणस्तरीय विदेशी सामग्री प्रयोग हुन्छ भने एकपटक लगाएपछि ३० देखि ३५ पटकको हेयर वाससम्म पुग्छ । 

 

 Image