Successfully Copied

मसरुम छ्वेला र हनी ग्लेज्ड चिकेन बनाउने तरिका

मसरुमलाई केलाएर छोडाउने र राम्रोसँग तातोपानीले पखाली पानी निचोरेर एक साइडमा राख्ने । प्यानमा तेल हालेर मसरुम खैरो हुन्जेल पकाउने । खलमा अदुवा, लसुन, भिजाइएको सुकेको खुर्सानीका साथै गोलभेंडा तथा टिम्मुर पिस्ने । तयार मसरुममा पेस्ट हाल्ने । पुन: अर्काे प्यानमा तेल तताएर मेथी फुराउने र बेसार

मसरुम छ्वेला

सामग्री : मसरुम आधा किलो, अदुवा १० ग्राम, लसुन १० ग्राम, प्याज १ वटा, टिम्मुर एक चिम्टी, पानीमा भिजाइएको सुकेको खुर्सानी ४–५ वटा, मेथी आधा चम्चा, जिरा र धनियाँ पाउडर आधा चम्चा, उसिनेर बोक्रा निकालेको गोलभेंडा १ वटा तथा बेसार र नुन स्वादअनुसार ।

विधि : मसरुमलाई केलाएर छोडाउने र राम्रोसँग तातोपानीले पखाली पानी निचोरेर एक साइडमा राख्ने । प्यानमा तेल हालेर मसरुम खैरो हुन्जेल पकाउने । खलमा अदुवा, लसुन, भिजाइएको सुकेको खुर्सानीका साथै गोलभेंडा तथा टिम्मुर पिस्ने । तयार मसरुममा पेस्ट हाल्ने । पुन: अर्काे प्यानमा तेल तताएर मेथी फुराउने र बेसार हाली झान्ने । हरियो खुर्सानी, प्याज, नुन, धूलो खुर्सानी, जिरा तथा धनियाँ पाउडर मिक्स गर्ने । छ्वेलामा खुर्सानी आ–आफ्नो स्वादअनुसार कम वा बढी हाल्न सकिन्छ ।

हनी ग्लेज्ड चिकेन

सामग्री : चिकेन ब्रेट आधा केजी, सोया सस १ चिया चम्चा, हनी (मह) ३ चिया चम्चा, हरियो खुर्सानी ४–५ वटा, हरियो प्याज १० ग्राम, कर्नफ्लोर २ चम्चा, मरिच एक चिम्टी, नुन स्वादअनुसार, तेल आवश्यकताअनुसार, लसुन १ चम्चा ।

विधि : चिकेन ब्रेस्टलाई एउटै साइजमा काटेर नेपकिनको सहायताले पानी सोस्ने । कर्नफ्लोरमा मरिच मिक्स गरी चिकेनमा मिक्स गर्ने । प्यानमा तेल तताई चिकेनलाई खैरो हुन्जेल फ्राई गर्ने । अर्काे प्यानमा तेल हालेर १ चम्चा लसुन, हनी तथा सोया सस हालेर चिकेनलाई चलाउँदै पकाउने । हरियो खुर्सानी तथा हरियो प्याज मसिनो गरी काटेर गार्नेस गर्ने ।

 

 Image