Successfully Copied

प्रदेश नम्बर–१ का तामाङ युवतीको प्रतिस्पर्धा

युवापुस्तालाई तामाङ संस्कृति र संस्कारका सम्बन्धमा जानकारी दिनुका साथै तामाङ समुदायका युवतीहरूको व्यक्तित्व एवं नेतृत्व क्षमता अभिवृद्धिका लागि मिस तामाङ प्रदेश नम्बर–१ को आयोजना गरिएको छ । 

युवापुस्तालाई तामाङ संस्कृति र संस्कारका सम्बन्धमा जानकारी दिनुका साथै तामाङ समुदायका युवतीहरूको व्यक्तित्व एवं नेतृत्व क्षमता अभिवृद्धिका लागि मिस तामाङ प्रदेश नम्बर–१ को आयोजना गरिएको छ । 

नेपाल तामाङ घेदुङ उर्लाबारी नगर समितिद्वारा आयोजित मिस तामाङ प्रदेश नम्बर–१ को फाइनल यही भदौ २८ गते धनकुटाको हिलेमा हुने भएको बताइएको छ । प्रदेश नम्बर–१ का २२ जना तामाङ युवती बन्द प्रशिक्षणका लागि छनोट भएको समितिका अध्यक्ष राजु घिसिङले जानकारी दिए । बन्द प्रशिक्षण भदौ १ गते मोरङको उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बाबाट सुरु भैसकेको छ । 

उक्त बन्द प्रशिक्षणलाई कोरियोग्राफर प्रियारानी लामाले सहजीकरण गरिरहेकी छिन् । मिस तामाङ प्रदेश नम्बर–१ को फाइनलमा मिस इन्डिया सिक्किमकी विजेता साङ्डोमा तामाङ, मिस तामाङ–२०१४ की विजेता सुमी मोक्तान, कलाकार छुल्ठिम डोल्मा आदिको सहभागिता रहने छ । 

 Image