Successfully Copied

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई 

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखराको लामाचौरमा सम्पन्न प्रतियोगिताको फाइनलमा पुलिसले न्यू डाइमन्ड एकेडेमी काठमाडौंलाई सोझो ३ सेटमा पराजित गर्दै उपाधि जितेको हो । 

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखराको लामाचौरमा सम्पन्न प्रतियोगिताको फाइनलमा पुलिसले न्यू डाइमन्ड एकेडेमी काठमाडौंलाई सोझो ३ सेटमा पराजित गर्दै उपाधि जितेको हो । 

कोपिला उप्रेतीको कप्तानीमा मैदानमा उत्रिएको पुलिसले ललिता नाथको कप्तानीमा रहेको न्यू डाइमन्डलाई २५–१६, २५–१४ तथा २५–२० को सेटमा पराजित गरेको थियो । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाल पुलिसकी मनीषा चौधरी घोषित भइन् भने पुलिसकी सुशीला थापा उत्कृष्ट सेटर, गण्डकी प्रदेशकी रश्मिता दुरा उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर पुलिसकी कोपिला उप्रेति, उत्कृष्ट सर्भर न्यू डाइमन्डकी झरना श्रेष्ठ, उत्कृष्ट क्विकर गण्डकी प्रदेशकी पवित्रा सेन्चुरी, उत्कृष्ट ब्लकर पुलिसकी पुष्पा चौधरी घोषित भए । 

इन्द्रराज्यलक्ष्मी माविको परिसरमा भएको प्रतिस्पर्धामा घरेलु टिम गण्डकी प्रदेश तेस्रो भयो । गण्डकी श्रीराम खेलकुद विकास समिति दाङलाई २५–१३, २५–२० र २५–१८ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । यो प्रतियोगितामा ६ टिमको सहभागिता थियो । 

खेलपश्चात् प्रतिक्रिया दिँदै न्यू डाइमन्डका प्रशिक्षक कुमार राईले ब्लकिङ तथा डिफेन्समा भएका कमजोरीका कारण आफुहरू पराजित भएको कुरा बताए । न्यू डाइमन्डबाट खेलेकी सिपोरा गुरुङले आफुहरूले सोचेअनुरूप फाइनल खेल्न नसकेको बताइन् । गुरुङ करिब ३ वर्षपछि भलिबलको कोर्टमा फर्किएकी हुन् । पुलिसका प्रमुख प्रशिक्षक रुपेश विष्टले आफूहरूसँग अनुभवी तथा राष्ट्रिय बिच भलिबल खेल्ने तीन जना खेलाडी भएकाले पनि जित सहज भएको बताए । 

राजाराम पौडेल

 Image